Monday, January 25, 2021

संसारमा कीर्ति छ धेर ठूलो...

अर्जुननरसिंह केसी

बाह्रबुँदे समझदारीपत्रदेखि आजसम्मका राजनीतिक सहमति, दण्डहीनताको अन्त्य, सुशासन, भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता पनि सहिद भएका छन् ।

सहिदलाई राष्ट्रको शक्ति–स्रोत, ईश्वरीय रूप तथा उनीहरूका संकल्प र सपनालाई बाँचेकाहरूका निम्ति उचित मार्गदर्शन मानिन्छ । सहिद दिवस वर्षमा एकपटक सम्झिने औपचारिकता र लोकाचार पुर्‍याउने श्रद्धारहित ‘श्राद्ध’ मात्रै होइन, सहिदका सपनासँग आफ्ना संकल्प गाँस्ने प्रेरक अवसर हो ।


हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइन्छ । ‘देशले रगत मागे मलाई बलि चढाऊ...’ भन्ने आदर्शको काव्यात्मक मान्यतामा सहिदको भावना देखिन्थ्यो । आजकल, ‘देशले माग्दैन, आफैंले दिनुपर्छ...’ भन्न थालिएको छ । दुइटै मान्यता सही लाग्छन् । कवि भूपी शेरचनले लेखे– ‘मरेर सहिद हुनेहरू, जिएर त हेर, जिउन झन् गाह्रो छ... ।’ यो पनि सत्य लाग्छ । यी सब सत्यका बीच अर्को महान् सत्य के हो भने, आफ्ना सद्गुणहरूलाई सहिद बनाएर दुर्गुणहरूको जीवन बिताउनु सबभन्दा ठूलो अभिशाप र खेदजनक हुन्छ ।

‘मृत्यु भएर मात्र होइन, दृढ आदर्शले सहिद बनाउँछ’ भन्ने यथार्थ हाम्रा महान् सहिदहरूले आफ्नै बलिदानद्वारा सिद्ध गरेका छन् । पं. शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त र गंगालाल सुपरिचित सहिद हुन् । तर नेपाल राष्ट्रले उनीहरूजस्ता महान् सपूत अरू पनि जन्माएको छ । ‘देशमा संसदीय व्यवस्था ल्याउने’ उद्देश्यबाट विसं १९८८ मा ‘प्रचण्ड गोर्खा’ नामक संस्था स्थापना गर्ने खण्डमान सिंह, मैनाबहादुर खत्री, खड्गमान सिंह र रंगनाथ शर्मालाई आजीवन कारावास दिएपछि मैनाबहादुर र खण्डमानले कारागारमै दिएको शहादत, सेनाको जागीर छोडेर राणाविरोधी गतिविधिमा लागेका लखन थापामगरको विसं १९३६ मा भएको शहादत, समाजसेवी तथा बीपीका पिताजी कृष्णप्रसाद कोइरालाको जेलमै मृत्यु, प्रजापरिषद्का बलबहादुर पाँडेको कारावासमै शहादत, विसं २००७ को जनक्रान्तिमा थिरबम मल्ल, भोगेन्द्रमान सिंहसहित सुदूरपश्चिममा किसान आन्दोलनका संवाहक भीमदत्त पन्त सहिद घोषित भए ।

लोकतान्त्रिक आन्दोलनलाई ऊर्जा र गति दिएका अत्यन्त प्रभावशाली कांग्रेस नेताहरू योगेन्द्रमान शेरचन, सरोज कोइराला, दिवानसिंह राई, तेजबहादुर अमात्यको राजनीतिक कारणबाट षड्यन्त्रपूर्वक हत्या गरियो । विसं २०३९ मा रूपन्देहीको सुरजपुरामा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाको ज्यान लिन गरिएको सांघातिक हमलामा कांग्रेस नेता तथा अधिवक्ता यादवनाथ ‘आलोक’ को षड्यन्त्रपूर्ण हत्याजस्ता लोमहर्षक अनेकौं दुःखद घटना लोकतान्त्रिक आन्दोलनका अध्याय बनेका छन् । धेरै सपूतले नवयुग र प्रजातन्त्रका निम्ति स्वयंलाई बलिदान दिएको इतिहासदेखि विसं २०६२–६३ को जनआन्दोलनसम्मका शहादतका घटनाक्रमले यो राष्ट्र सजिएको छ ।

धनुषाको यदुकोहा, धनकुटाको खोकु–छिन्ताङ, सिन्धुपाल्चोकको पिस्करमा भएका राजनीतिक जमघटमा निहत्था जनतामाथि गोली चलाएर गरिएको हत्या शहादतको श्रेणीमै पर्ने नरसंहार हुन् । २०७३ फागुन २६ गते बिहानै नेपाल–भारत सीमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोलीले नेपाली नागरिक गोविन्द गौतमको हत्या, सप्तरीको तिलाठीमा एसएसबीकै आक्रमणबाट एक नेपालीको हत्या, सिमानाका समस्यामा सार्वजनिक महत्त्वको आवाज उठाएकामा ज्यान लिइएका विषय पनि शहादतसरहका घटना हुन् ।


‘मकैको खेती’ शीर्षक पुस्तकमार्फत राणाशाहीको विरोध गरेको झूटो आरोपमा पक्राउ परेपछि विसं १९८७ मा जेलमै प्राण त्याग गरेका सुब्बा कृष्णलाल अधिकारी पनि ऐतिहासिक सहिद–नाम हुन् । पहिलो ‘साहित्यकार सहिद’ सुब्बा कृष्णलाल अधिकारीले जेल–जीवनमै लेखेको यो काव्यांश नेपालमा लोकतन्त्र स्थापनाका लागि गरिएको पहिलो काव्यिक शंखघोष हो भनेमा अत्युक्ति नहोला—

संसारमा कीर्ति छ धेर ठूलो,

कीर्तिबिना बन्दछ जीवलुलो ।

संसार छाडे पनि हेर क्वै दिन,

आउने छ यौटा जनतन्त्रको दिन ।।

जथाभावी ‘सहिद’ घोषणा गर्ने आजको प्रवृत्तिले इतिहासनिर्माता तथा युगप्रवर्तक वास्तविक सहिदहरू विस्मृति, उपेक्षा र ओझेलमा पर्लान् भन्ने जोखिम छ । उनीहरूका संकल्प र सपनालाई उपेक्षा गर्दा लोकतन्त्रले बाटो बिराएको, विधिको शासन संकटमा परेको र राज्यले चरित्र गुमाएको लाक्षणिक अर्थ लाग्छ ।

२०७२ फागुन १९ मा सरकारले कांग्रेसको क्रान्तिका सहिदहरू भीमनारायण श्रेष्ठ, क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, शमशेरबहादुर खत्री, ठगीनाथ दाहाल, खगेन्द्रराज दाहाल, राम उपाध्याय, लक्ष्मण उपाध्याय, हरि नेपाल, भीमदत्त पन्त, चन्द्रबहादुर पुरी, चन्द्र डाँगीसहित बाइस सपूतलाई विधिवत् सहिद घोषणा गर्‍यो । त्यसै गरी झापा आन्दोलनका क्रममा सुखानी (इलाम) को जंगलमा मारिएका रामनाथ दाहाल, नेत्र घिमिरे, धीरेन राजवंशी, रामप्रसाद प्रधानलाई पनि त्यसै क्रममा सहिद घोषणा गरियो ।

प्रजा परिषद्का संस्थापक नेता, ‘जिउँदा सहिद’ र पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यले भारतीय नेता जयप्रकाश नारायणलाई चिठी लेखेका रहेछन्, जसमा भनिएको थियो, ‘भूमि, शिक्षा र उत्पादनमा सबैको पहुँच बढाउनु कम्युनिस्टभन्दा अगाडि लाग्ने बाटो हो । अब चारतारे र लालझन्डाको विवाद हुन सक्छ । झन्डाहरूको विवाद छोडिदेऊ । कसैले प्रजा परिषद्को झन्डा बोक्नुपर्दैन... ।’ वास्तवमा सहिदको सपनाको प्रारम्भिक लाइन नै यही हो ।

सहिद घोषणाको प्रियतावादी र सस्तो राजनीतिबाट सहिदलाई नै अवमूल्यन गर्ने धृष्टता भएको छ । देशका कान्ला–कान्लामा मानवहत्या गरेर ‘सहिद’ जन्माइए, एक दशक अवधि (२०५२–६२) मा । माओवादीले ‘सहिदको खेतीका रूपमा लासको राजनीति’ गरेर आखिर सहिदकै अवमूल्यन र अपमान गरेको थियो । ‘सहिद’ बनाउने यो राजनीतिक खेल अहिले पनि चलिरहेको छ । शान्ति सम्झौतादेखि झन्डै डेढ दशकयता चार हजारभन्दा धेरै नागरिकको गैरन्यायिक हत्या भइसकेको छ । नेपालमा लासको राजनीति र सहिदको खेती गर्ने राजनीति चलिरहेको छ । यसलाई विसंगतिबाहेक के भन्न सकिन्छ र !

नेपाल नै यस्तो मुलुक होला, जहाँ विश्वमै सबभन्दा बढी सहिद होलान् । सबैजसो पार्टीका बेग्लाबेग्लै सहिद छन् । ‘सहिद’ शब्द श्रद्धाले शिर निहुरिने विषय नभएर राजनीतिको सस्तो उपाधि बन्नपुग्यो । अति भएपछि सरकारले ‘आदर्श सहिद’ र ‘सामान्य सहिद’ भनी वर्गीकरण गर्‍यो । ‘जिउँदो सहिद’, ‘राजनीतिपीडित’ आदि शब्दावलीद्वारा सहिदको वर्ग खडा गर्ने काम भएको छ । त्यसैले सहिद भनेर मात्र पुग्दैन, कुन वर्गको सहिद भन्ने प्रश्न स्वतः उत्पन्न हुन्छ ।

सहिद भनी उच्चारण गर्दा गरिमा, गौरव र श्रद्धाको जुन मानसिकता स्वतः प्रकट हुने गर्थ्यो, आज त्यसलाई समेत सहिद बनाइएको छ । बाह्रबुँदे समझदारीपत्रदेखि आजसम्मका राजनीतिक सहमति, दण्डहीनताको अन्त्य, सुशासन, भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता पनि सहिद हुन पुगे । संविधान, लोकतन्त्र, संसद्, संवैधानिक संस्था र संविधानवादलाई पनि सहिद बनाउने दिशामा धकेलिएको छ । विध्वंसक राजनीतिको दबदबामा सामाजिक सद्भाव, भाइचारा, राजनीतिक संस्कार तथा संस्कृतिजस्ता मानवीय सभ्यता र शिष्टाचारलाई समेत कठोर राजनीतिको प्रहारबाट सहिद हुने खतरामा पुर्‍याउने अनि देशलाई अन्धकारको गर्तमा धकेल्ने काम भइरहेको यथार्थ वर्तमान सत्ताधारीहरूको आपसी फुट अनि त्यसपछिका भनाभन र दोहोरीबाट पुष्टि भइसकेको छ । सबैलाई सहिद बनाउने खतराबाट जोगिनु पनि सहिद दिवसको सन्देश हो ।

विसं २००७ मा लोकतान्त्रिक नवयुगमा प्रवेश भएदेखि आजसम्म २५ हजार ४८१ दिन वा ८४९ महिना वा ७१ वर्ष पुग्न लाग्यो । यसबीच राजनीतिक पद्धति र सत्तामा धेरै परिवर्तन भए । सात संविधान बने, करिब पाँच दर्जन सरकार परिवर्तन भए । तर पद्धति, प्रवृत्ति, संस्कार र संस्कृतिमा अपेक्षित परिवर्तन हुन सकेन, जसको गम्भीर समीक्षा अत्यावश्यक छ । कसैले कसैप्रति पूर्वाग्रह नराखी मन, वचन र कर्मले आत्मसमीक्षा र मूल्याङ्कन गर्दै विद्यमान विकृति तथा विसंगतिलाई समाप्त गर्नु सहिदको आत्मालाई सन्तुष्ट बनाउनु हो ।

नेपाल र नेपालीको परिवर्तन, मुक्ति, समृद्धि एवं स्वाभिमानका लागि प्राणको आहुति दिने महान् सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली तब मात्र पूर्ण र प्रमाणित हुन्छ, जब कृतज्ञ राष्ट्र उनीहरूका सपना सार्थक र साकार पार्न कटिबद्ध हुन्छ । त्यसैले सहिदको सपनालाई इमानदारीपूर्वक मार्गदर्शन मान्ने रचनात्मक संस्कार, संस्कृति र परिपाटीको विकास गरौं । सहिदहरूलाई साक्षी राखी, देशको माटो छोएर आफूभित्रका विकृति तथा असंगति हटाउँदै नयाँ संकल्प र दृढता लिऔं । यो नै, नवयुग ल्याउने प्रतिबद्धताका साथ सत्यको शक्तिमार्फत सत्ताको शक्तिमाथि विजय हासिल गर्न ऊर्जा र प्रेरणा दिँदै प्राणको आहुति दिने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली हुनेछ ।

arjunnkc@gmail.com

माघ १२, २०७७ को कान्तिपुर दैनिकमा प्रकाशित


Monday, September 9, 2019

Bilder og kommentarer Bilder


































Library of Congress




22,3k følgere







Følg












loc.gov






Bilder og kommentarer






Bilder




Kommentarer











Prøvd denne Pinnen?


Legg til et bilde for å vise hvordan det gikk





Legg til bilde












Grace Johnston lagret noe på smiles :)


325


Sikkimese Nepali girl | Between 1965 and 1971 | ©Alice S Kandell

GODAVARI RUNNING FESTIVAL 3



Time: Saturday 24 September 2016, 11:55
Organized by : Base Camp: Outdoor Lifestyle
Location :Satdobato to godhawari

Base Camp is a company using innovation as its cornerstone, creating a space for all outdoor products, marketing an outdoor lifestyle. The initial products will be beverages, food options, a bouldering wall and a mountain bike center.Can you run? Climb? Crawl? Wrestle a Yeti and win? How about all at the same time?Come out and test your strength, stamina and teamwork at Nepal’s first obstacle race – The Yeti Run. 5k
  • Trail running
  • Live music
  • The Good vibes
  • The BoyZ next door
  • After party base camp

my best

संसारमा कीर्ति छ धेर ठूलो...

अर्जुननरसिंह केसी बाह्रबुँदे समझदारीपत्रदेखि आजसम्मका राजनीतिक सहमति, दण्डहीनताको अन्त्य, सुशासन, भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता पनि सहि...